२०८१ बैशाख २५ - Tue May, 2024 -

Biz Suchana

२०८१ बैशाख २५
Tue May, 2024

अनेक समस्याका बाबजुद पनि अर्थतन्त्र लयमा फर्किंदै छ  : अर्थमन्त्री महत

काठमाडौं, २९ असोज । अर्थतन्त्र बिस्तारै लयमा फर्किएको अर्थमन्त्री प्रकाशशरण महतले दाबी गरेका छन् । सोमबार काठमाडौंमा महिला आर्थिक पत्रकार संघको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले अहिले, अहिले पुरै विश्वनै आर्थिक मन्दीमा रहेको भन्दै नेपालको अर्थतन्त्रमा पनि समस्या देखिएको बताए ।

अनेक समस्याका बाबजुद अर्थतन्त्रमा सकारात्मक सुधार देखिएको उनको दाबी छ । ‘अन्तर्राष्ट्रिय तहमै आर्थिक मन्दीको स्थितिमा छ । त्यो मध्येबाट नेपाल पनि अछुतो रहेको छैन । तर मलाई लाग्छ, बिस्तारै हामी अन्तर्राष्ट्रिय परिवेश नकारात्मक हुने अवस्था नआओस् भन्ने चाहन्छौँ । त्यो नभएको अवस्थामा बिस्तारै हाम्रो अर्थतन्त्रमा सुधार आउँछ । सकारात्मक कुरा देखिएका छन् ।’

यस्तै, उनले देशमा आर्थिक मन्दी छाएको भन्दै यसलाई सुधार गर्नको लागि सबैले आफ्नो तहबाट जिम्मेवारी पूरा गर्नुपर्ने बताए । उनले भने, ‘अर्थतन्त्रको सुधार अर्थमन्त्रालयले मात्रै गरेर सम्भव हुदैँन् । जसको जहाँ जिम्मेवारी छ, राज्य संयन्त्रमा भएको संस्था, निजी क्षेत्र सबैले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ । यो भयो भने केही सुधार हुन्छ भन्ने विश्वास छ ।’ त्यस्तै उनले स्रोत र साधनको अभावले सशक्तिकरणको अभियानले पूर्णता पाउन नसकेको भन्दै सरकारले आवश्यक प्रयास गरिरहेको बताए ।

उनले भने, ‘व्यवहारमा स्रोत र साधनको अभावले जति सशक्त ढङ्गबाट सशक्तिकरण गर्ने जुन अभियान छ त्यसलाई पूर्णता दिन सक्या छैन् । तर हाम्रो सम्पूर्ण प्रयास यो पछाडी परेको सशक्तिकरणको अभियानमा हामी केन्द्रीत हुने छौ । अवरोधहरु हटाएर सहज वातावरण सिर्जना गर्ने कुरामा संविधानले पनि अधिकार सुनिश्चित गरेको छ ।

अर्थमन्त्रीको हैसियतले तपाईहरुको यो अभियानमा कसरी सहयोग गर्न सक्छौ त्यसको लागि म सधैँ तत्पर छु ।’उनले आर्थिक पत्रकारीताको क्षेत्रमा महिलाहरुको भूमिकाको कुरामा बढाउँन संस्थाले महत्वपूर्ण भूमिका खेल्ने भन्दै यसलाई अझ प्रभावकारी तरिकाले अगाडि बढाउँनु पर्ने बताए ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com