२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख १७
Mon Apr, 2024

कोका–कोला बेभरेजेज नेपालद्वारा ‘कोक बडी’ एप लन्च

काठमाडौं । कोका–कोला बेभरेजेज नेपालले ‘कोक बडी’ एप लन्च गरेको छ । रिटेलरहरूले कुनै पनि समयमा कुनै पनि स्थानबाट डिस्ट्रिब्युटरहरूमार्फत कोका–कोलाका पेय पदार्थहरू सहजरुपमा अर्डर गर्न सकुन् भन्ने उद्देश्यले यो एप लन्च गरिएको हो ।

नेपालभरका २५६ वितरकहरू र १५६,००० आउटलेटहरूलाई जोड्दै यो नयाँ मोबाइल एप्लिकेसनले कोका–कोलाका उत्पादनहरू वितरण गरिने शैलीलाई डिजिटल रूपमा रूपान्तरण गर्ने कम्पनीले विश्वास लिएको छ ।

कोका–कोला बेभरेजेज नेपाल र यसको विशाल वितरण सञ्जाल भित्रको सन्चार र लजिस्टिकलाई सुव्यवस्थित गर्न कोक बडी एपको डिजाइन गरिएको हो। सप्लाइ चेन म्यानेजमेन्टलाई अप्टिमाईज गर्ने, इन्भेन्टरि भिजिबिलिटी सुधार गर्ने र डिस्ट्रिब्युटर–रिटेलरहरु दुवैका लागि सहज अनुभव प्रदान गर्ने यो एपको लक्ष्य हो ।

कोका–कोला बेभरेजेज नेपाल र यसको विशाल वितरण सञ्जाल भित्रको सन्चार र लजिस्टिकलाई सुव्यवस्थित गर्न कोक बडी एपको डिजाइन गरिएको हो, जसले वितरक र आउटलेटहरू बीच रियल–टाईम कनेक्टिभिटिलाई कायम राख्दछ । यो एपले सप्लाई चेन म्यानेजमेन्टलाई अप्टिमाईज गर्ने, इन्भेन्टरि भिजिबिलिटि सुधार गर्ने र अन्ततः डिस्ट्रिब्युटर र रिटेलरहरु दुवैका लागि सहज अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।

बोटलर्स नेपाल लिमिटेडका म्यानेजिङ्ग डिरेक्टर दीपक नाथ सेन्थिलले भने, “हाम्रो नयाँ कोक बडी एपले वितरक र रिटेलर आउटलेटहरूलाई सहज रुपमा कनेक्ट गर्न र अर्डर लिन र दिन सजिलो बनाएको छ । अझै पनि परम्परागत रुपमै बिक्री गर्ने, कुराकानी गर्ने र अर्डर गर्ने शैलीमा निर्भर यस उद्योगको लागि वर्षको ३६५ दिन नै चौबिसै घण्टा चाँडो भन्दा चाँडो अर्डरहरू लिन र दिन मिल्ने क्षमता भएको यो एप एउटा ठुलो परिवर्तन हो ।

यस एपको सुरुवातले हाम्रो भ्यालु चेनमा रहेका हरेक डिस्ट्रिब्युटर र रिटेलरहरूले आफ्ना ग्राहकहरूलाई अझ राम्रो सेवा दिँदै आफ्नो उद्यमलाई अझ अगाडि बढाउन सक्षम हुनेछन् भन्ने हामीले आशा लिएका छौँ।”

अब कुनै आउटलेटले कोका–कोलाको कुनै पनि पेय पदार्थहरु अर्डर गर्नको लागि केवल प्ले–स्टोर वा एप–स्टोरमा गएर कोक बडी एप डाउनलोड गरेर त्यसमा कोक आउटलेटको रूपमा दर्ता गर्दा प्रदान गरेको आफ्नो फोन नम्बर प्रयोग गरेर लग–इन गर्न सक्छन् ।

त्यसपछि उनीहरूले अफुले अर्डर गर्न चाहेको उत्पादन छनोट गर्नासाथ डिस्ट्रिब्युटरको सिस्टममा आउँछ र उनीहरुको अर्डर तुरुन्तै प्रोसेस हुन्छ । हाम्रा आउट्लेटहरुको डिजिटल एक्स्पिरियन्सलाई अझै सुधार गर्न र उनीहरुको कार्य विधीलाई अझै प्रभावकारी बनाउन हामीले क्युआर कोडबाट मात्र भुक्तानिहरु लिने निर्णय गरेका छौँ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com