२०८१ जेष्ठ २ - Wed May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ २
Wed May, 2024

घलेम्दी हाइड्रोको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, २ कार्तिक । आज घलेम्दी हाइड्रोको दुई सय प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । हाइड्रोको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले दुई सय प्रतिशत हकप्रद निष्कासन गर्ने प्रयोजनका लागि कार्तिक ३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको थियो । कम्पनीले चुक्ता पुँजीको दुई सय प्रतिशतले हुन आउने एक करोड १० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीको हकप्रद निष्कासनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । कम्पनीले संखुवासभामा रहेको ६३ मेगावाटको छुजुङ खोला जलविद्युत आयोजनामा लगानी गर्ने उद्देश्यका साथ हकप्रद निष्कासन गर्न लागेको हो ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com