२०८१ बैशाख २८ - Fri May, 2024 -

Biz Suchana

२०८१ बैशाख २८
Fri May, 2024

नेपाल सुपर लिगः आज चितवन र बुटवलबीच प्रतिस्पर्धा

काठमाडौं । काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज एफसी चितवन र एफसी बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुने भएको छ ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेलाइने खेल साँझ ५ बजे सुरु हुनेछ । आजको खेलमा दुवै टोली दोस्रो जितको खोजीमा रहने छन् ।

यसअघि भएका तीन खेलमा चितवनले एकमा जित, एकमा बराबरी र एकमा हार बेहोरेको छ भने बुटवल एकमा जित र दुईमा पराजित भएको थियो । जारी लिगमा चितवन ४ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ भने ३ अंक भएको बुटवल सातौँ स्थानमा छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com