२०८१ जेष्ठ ८ - Tue May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ८
Tue May, 2024

प्रधानमन्त्री दाहालले गरे इन्दौरमा रहेको टाटा कन्सल्टेन्सी सर्भिसेसको अवलोकन

काठमाडौ, २० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हाल मध्य प्रदेशमा रहेका छन् । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल नयाँ दिल्लीमा औपचारिक कार्यक्रमहरू सकेर शुक्रबार मध्य प्रदेश पुगेका हुन् ।

मध्य प्रदेशमा आज प्रधानमन्त्री तथा भ्रमण दलका सदस्यहरूले इन्दौरमा रहेको टाटा कन्सल्टेन्सी सर्भिसेसको अवलोकन गरेका छन् । प्रधानमन्त्रीसँग भ्रमण दलमा रहेका मन्त्री तथा व्यवसायीहरू पनि स्थलगत अवलोकनमा सहभागी थिए । प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा त्यहाँको परिसरमा वृक्षारोपण पनि गरेका छन् ।

यसअघि प्रधानमन्त्री फोहोर व्यवस्थापन केन्द्र, टीसीएस इन्फोसिस विशेष आर्थिक क्षेत्रको भ्रमण गरेका थिए भने प्राचीन सहर उज्जैनमा रहेको श्री महाकालेश्वर मन्दिरमा पूजा गरेका थिए ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com