गंगालाल अस्पतालमा राष्ट्रपति पौडेलको गरियो एन्जिओग्राम

काठमाडौं, ३० जेठ । राष्ट्रपति रामचन्द्र पौडेलको एन्जिओग्राम गरिएको छ । छाति दुख्ने समस्या देखिएपछि उपचारका लागि पुगेका आज बिहान ७ बजे गंगलाल हृदय रोग केन्द्रमा राष्ट्रपति पौडेलको एन्जियोग्राम गरिएको हो ।
उनलाई २४ घण्टा चिकित्सकको निगरानीमा राखिने भएको छ ।राष्ट्रपति पौडेलको उपचारमा अस्पतालका निर्देशक डा.चन्द्रमणि अधिकारीसहितको टोली खटिएको छ ।