२०८१ जेष्ठ ६ - Sun May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ६
Sun May, 2024

प्रस्तावित ६ राजदूतविरुद्ध उजुरी आह्वान, १० दिन भित्र उजुरी दिईसक्नु पर्ने

काठमाडौं, ४ साउन । सरकारले हालै बिभिन्न देशका लागि सिफारिस गरेका प्रस्तावित ६ राजदूतविरुद्ध उजुरी आह्वान भएको छ । संघीय संसदको अन्तरगतको संसदीय सुनुवाइ समितिले आज उनीहरु विरुद्ध उजुरी आह्वान गरेको हो ।

समितिले आज जारी गरेको सूचना अनुसार सरकारले हालै सिफारिस गरेका व्यक्तिहरु राजदूत नियुक्त गर्न उपयुक्त छन कि छैनन ? भन्ने लागेमा आधार र सबुदसहित उजुरी दिन भनिएको छ ।

आज प्रकाशित सुचना अनुसार उजुरीकर्ताले अबको १० दिनभित्र लिखित रुपमा उजुरी दिइसक्नु पर्ने छ । उजुरी दिने व्यक्तिले नाम, थर, वतर र सम्पर्क नम्बर उल्लेख गर्नुपर्नेछ । तर, उजुरीकर्ताले चाहेमा नाम गोप्य राखिने जारी सुचनामा जनाईएको छ ।

सरकारले संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोग, न्युयोर्कका लागि लोकबहादुर थापा, स्विट्जरल्याण्डका लागि रामप्रसाद सुवेदी, फ्रान्सका लागि सुधिर भट्टराई, कुवेतका लागि घनश्याम लम्साल, यूएईका लागि तेजबहादुर क्षेत्री र थाइल्याण्डका लागि धनबहादुर वलीलाई राजदुतका लागि हालै सिफारिस गरेको थियो ।सरकारले सिफारिस गरेका ब्यक्तिहरुमा परेको उजुरी छानबिन र सोधपुछ पछि समितिवाट अनुमोदन भएमा मात्रै उनीहरुको नियुक्ती हुनेछ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com