२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

जनताको इच्छा र समयलाई बुझेर पार्टीलाई अघि बढाउनुपर्छ : प्रकाशमान सिंह

काठमाडौं, २० जेठ । पार्टी विधि र नियममा नचलेको नेपाली कांग्रेसका प्रभावशाली नेता एवं प्रतिनिधि सभा सदस्य प्रकाशमान सिंहले टिप्पणी गरेका छन् । आज पार्टीको ललितपुर जिल्ला कार्यसमितिको सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टी विधि र नियममा नचल्दा असन्तुष्टि बढेको बताएका हुन् ।

नेता सिंहले जननिर्वाचित प्रतिनिधि र संगठनका नेताहरूबीच समन्वयको आवश्यकता देखिएको पनि बताएका छन् । जनताको इच्छा, आकांक्षाबमोजिम समयलाई बुझेर पार्टीलाई अघि बढाउनुको विकल्प नरहेको उनले बताएका छन् ।

पार्टीलाई संस्थागतरुपमा अघि बढाउनसके अरु कुनै राजनीतिक दलले चुनौति दिन नस्कन्ने उनको भनार्य छ । कांग्रेसले आगामी दिनमा आउने चुनौतीहरु सशक्त रुपमा ट्याकल गर्छ भन्ने इमेज दिनुपर्नेसमेत उनले बताए। नेता सिहले पार्टीभित्र एकले अर्कोलाई दोषारोपण नगरी र हिलो नछ्यापी काम गर्न पर्ने बताएका छन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com