२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

नविल बैंकको क्रेडिट कार्डमार्फत इलेक्ट्रिक स्कुटर किन्न पाइने

काठमाडौं । नविल बैंकको क्रेडिट कार्डमार्फत इलेक्ट्रिक स्कुटर किन्न कर्जा सुविधा दिइने भएको छ । बैंकले ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालिसँग सहकार्य गर्दै एफडी मोटर्स ब्रान्डका इलेक्ट्रिक स्कुटर किन्न चाहने ग्राहकलाई क्रेडिट कार्डमार्फत कर्जा सुविधा सुनिश्चित गरेको हो । जसअनुसार एफडी मोटर्स ब्रान्डका इलेक्ट्रिक स्कुटरहरु किन्न चाहने ग्राहकलाई सरल र सहज रुपमा क्रेडिट कार्डमार्फत् कर्जा सुबिधा पाउनेछन् ।

सम्झौताअनुसार बैंकका ग्राहकले आवश्यक कागजातसहित एफडी मोटर्सको सोरुममा गएर क्रेडिट कार्डमार्फत किस्ता तिरेर इलेक्ट्रिक स्कुटर खरिद गर्न सक्नेछन् ।एफडी मोटर्सले हाल दुईवटा मोडेलका इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ ।

एफ फाइबको मूल्य २ लाख ६१ हजार ९९९ रुपैयाँ छ भने एफ फाइब ए को मूल्य २ लाख ९७ हजार ९९९ रुपैयाँ छ । ग्रन्थ ईभीले चाँडै एफ फाइब प्रो र एफ फाइब ए प्रो पनि बजारमा ल्याउन लागेको जनाएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com