२०८१ जेष्ठ ११ - Fri May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ११
Fri May, 2024

आजको फलफूल तथा तरकारीको मुल्य, सबैभन्दा सस्तो गोलभेडा

काठमाडौं, ३१ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सार्बजनिक गरेको छ । जसअनुसार कालीमाटीमा प्रतिकेजी ६ रुपैयाँ ४० पैसादेखि ५५० रुपैयाँसम्मका फलफूल र तरकारी पाइने भएको छ । मूल्यसूची अनुसार आज सानो गोलभेडा (लोकल) को मूल्य सबैभन्दा सस्तो ६ रुपैयाँ ४० पैसा तोकिएको छ भने किवि सबैभन्दा महङ्गो प्रतिकेजी ६५० रुपैयाँ पुगेको छ ।

त्यस्तै, आभोकाडो प्रतिकेजी ५५० रुपैयाँ रहेको छ भनृ गोलभेडा (नेपाली), लाम्चो भन्टा, घिरौला, चिचिण्डो र लाम्चो फर्सी प्रतिकेजी ३५ रुपैयाँ, गोलभेडा (भारतीय), तने बोडी, हाइब्रीड घिउ सिमी, तितो करेला र भेडे खुर्सानी ४५ रुपैयाँ, रातो आलु ४२ रुपैयाँ ५० पैसा, मुडेको रातो आलु ३९ रुपैयाँ ३३ पैसा, सेतो आलु ३२ रुपैयाँ ३३ पैसा तोकिएको छ ।

यसैगरी, लाकेल गाँजर ११५ रुपैयाँ, लोकल बन्दा १२ रुपैयाँ ५० पैसा, स्थानीय काउली ५५ रुपैयाँ, मकै बोडी ४६ रुपैयाँ ६७ पैसा, मटरकोशा १९० रुपैयाँमा किनबेच हुनेछ भने टाटे सिमी १३६ रुपैयाँ ६७ पैसा, परवर र भिण्डी प्रतिकेजी ५५ रुपैयाँ, रायोको साग ४६ रुपैयाँ ६७ पैसा तोकिएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com