२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख १७
Mon Apr, 2024

लोकसेवा आयोगद्वारा विभिन्न पदका लागि कर्मचारी आव्हान

काठमाडौं, २ कार्तिक । आज एक सूचना जारी गर्दै लोकसेवा आयोगले राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणी (अप्राविधिक–प्राविधिक) तथा स्वास्थ्य सेवाका नवौँ तहका पदको समावेशी समूहका पदका लागि आयोगले कर्मचारी आव्हान गरेको छ ।

दरखास्त दस्तुर आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत विद्युतीय माध्यमबाट सोझै वा मास्टर आइडी र कारोबार सङ्केत नम्बर उल्लेख भएको बैङ्क भौचर प्रिन्ट गरी तोकिएका बैङ्कबाट नगद समेत बुझाउन सकिने आयोगले जनाइएको छ ।

यसअघि असोज २५ गते प्रकाशित विज्ञापनको खुलातर्फ आवेदन दिइसकेकाले समावेशी समूहमा आवेदन दिन प्रचलित कनुनबमोजिम योग्य उम्मेदवारले समेत यस सूचना बमोजिम समावेशी समूहमा थप आवेदन पेस गर्न सक्ने सूचनामा उल्लेख छ । थप समावेशी समूहमा दरखास्त पेस गर्दा उक्त थप समूहको मात्र दस्तुर लाग्नेछ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com