२०८१ जेष्ठ २ - Wed May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ २
Wed May, 2024

नेसपाद्वारा भूकम्प पीडितका लागि १० लाख सहयोग सरकारलाई हस्तान्तरण

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) ले आज जाजरकोट भूकम्पबाट पीडितहरूका लागि १० लाख रुपैयाँको चेक प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको छ।

घोषणाअनुरूप अध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा नेसपाका नेताहरू आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर सहयोग रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १० लाखको चेक दिएका हुन्।

यस क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेसपा अध्यक्ष डा. भट्टराईले भूकम्प प्रभावित क्षेत्रका जनतालाई तत्काल राहत र अस्थायी आवासको व्यवस्था गर्न सरकारलाई आग्रह गरे।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com