२०८१ बैशाख २७ - Thu May, 2024 -

Biz Suchana

२०८१ बैशाख २७
Thu May, 2024

सरकारको मनोमानीले लोकतन्त्रलाई नियन्त्रण गर्न खोजियो : सन्तोष परियार

काठमाडौं, १२ असार । सरकारको मनोमानीले लोकतन्त्रलाई नियन्त्रण गर्न खोजिएको भन्दै यस्तो नियन्त्रण कदापि स्वीकार्य नहुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले बताएका छन् । आज प्रतिनिधि सभा बैठकमा बोल्दै उनले बजेट वक्तव्यमार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णय तत्काल फिर्ता लिनु पर्ने बताएका छन् । निर्णय नसच्याएसम्म संसद्को कारबाही अगाडी बढ्न नदिने उनले चेतावनी दिएका छन् ।

उनले भने – ‘लोकतन्त्रको लागि निर्वाचन असाध्यै महत्त्वपूर्ण छ । हाम्रो जस्तो हुर्कँदै गरेको लोकतन्त्रलाई यसरी विभिन्न नियम र विभिन्न सरकारको मनोमानीले लोकतन्त्रमाथि यो नियन्त्रण हामीलाई कदापि स्वीकार्य छैन । तसर्थ आज हामी सभामुखमार्फत यो संसद्मा अर्थमन्त्रीले जुन निर्णय सरकारले गरेको छ, बजेटमा सरकारले जे ल्याएको छ । त्यो फिर्ता लेओस् र त्यो गल्तीलाई तत्काल स्विकारोस् । अन्यथा हामी यो सदनको कारबाही अगाडी बढ्न नदिन बाध्य हुनेछौँ ।’

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com