२०८१ बैशाख ३१ - Mon May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३१
Mon May, 2024

नेपाल राष्ट्र बैंकले ३० अर्ब बराबरको ट्रेजरी बिल जारी गर्दै

काठमाडौ, ३ असार । नेपाल राष्ट्र बैंकले ३० अर्ब ८६ करोड रुपैयाँ को ट्रेजरी बिल जारी गर्ने भएको छ । जसका लागि राष्ट्र बैंकले २३ अर्ब ८६ करोड रुपैयाँ बराबरको पुरानो ट्रेजरी बिलको नवीकरण तथा ७ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल जारी गर्ने भएको छ।ट्रेजरी बिलका लागि सोमबार दिउँसो तीन बजेसम्म बोलकबोल हुने तथा मंगलबार जारी हुने राष्ट्र बैंकले जनाएको छ।

यसअघि सरकारले पटक पटक ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र, वैदेशिक ऋणपत्रलगायत औजारमार्फत आन्तरिक ऋण संकलन गरिरहेको छ । सोही क्रममा यस पटक ट्रेजरी बिलमार्फत पौने ३१ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागिएको हो ।

पछिल्लो पटकको बोलकबोलमा ८.१४ प्रतिशत भारित औसत ब्याजदर तय भएको छ । बैंक तथा वित्तीय संस्थाले सबैभन्दा बढी ८.४३ प्रतिशत र सबैभन्दा कम ६.०९ प्रतिशत ब्याजदरमा बोलकबोल गरेका थिए । सरकारले चालु आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य तय गरेको छ ।

उक्त लक्ष्यलाई तीन चरणमा गरेर त्रैमासिक रुपमा आन्तरिक ऋण उठाइरहेको छ । सरकारले आर्थिक वर्षको पहिलो त्रैमासमा आन्तरिक ऋण उठाएको थिएन । दोस्रो त्रैमासदेखि मात्र आन्तरिक ऋण उठाउन लागेको हो ।

 

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com