२०८१ जेष्ठ ४ - Fri May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ४
Fri May, 2024

माछापुच्छे बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, ७ असोज । आज माछापुच्छ्रे बैंक लिमिटेडले प्रस्ताव गरेको १४ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । बैंकले प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि भदौ २६ गते २५औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा प्रयोजनका लागि असोज ८ गते एक दिन बुक कलोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असोज ७ गतेसम्म कायम शेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न योग्य हुने भएका हुन् ।

बैंकले गत आर्थिक वर्ष ०७९÷८० को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेका छ । हाल बैंकको चुक्तापूँजी १० अर्ब २५ करोड ७१ लाख ५५ हजार रूपैयाँ रहेको छ । सोही पूँजीको आधारमा १३ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव बैंकले गरेको हो ।

गत वर्ष भने बैंकले लाभांश वितरण गरेको थिएन । अघिल्लो आर्थिक वर्ष ०७७÷७८ को मुनाफबाट भने बैंकले कुल १४ प्रतिशतनै लाभांश वितरण गरेको थियो । उक्त वर्ष बैंकले १३ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com