२०८१ जेष्ठ ४ - Fri May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ४
Fri May, 2024

२० प्रतिशतले बढ्यो सेयर बजारमा म्युचुअल फन्डको लगानी

काठमाडौ, २८ असार । नेप्सेमा सूचीकृत ३५ बन्दमुखी र ७ खुलामुखी गरी जम्मा ४२ वटा म्युचुअल फन्डहरुले जेठ महिनाको वित्तीय विवरण सार्वजनिक गरेका छन् । यसअवधिसम्म आइपुग्दा फन्डहरुले १ अर्ब ४४ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । अघिल्लो महिना यिनीहरुले १ अर्ब १८ करोड ५२ लाख रुपैयाँ नोक्सानी व्यहोरेका थिए । जेठ महिना सेयर बजारमा वृद्धि भएका कारण फन्डहरुको नाफा पनि बढेको हो ।

म्युचुअल फन्डहरुको लगानीको ठूलो हिस्सा सेयर बजारमा रहेको हुन्छ । त्यसैले, बजारमा उतारवढाव आउँदा यिनीहरुको लगानी पनि तलमाथि हुने गर्छ । यसका साथै, प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ)पनि बढ्ने वा घट्ने भइरहन्छ । अघिल्लो महिना २० अर्ब ४६ करोड ९५ लाख रुपैयाँ रहेको फन्डहरुको लगानी अहिले बढेर २४ अर्ब ५४ करोड ३४ लाख रुपैयाँ पुगेको छ । यो अघिल्लो महिनाको तुलनामा करिब २० प्रतिशत धेरै हो ।

यता, म्युचुअल फन्डहरुको बैंक मौज्दात भने ०.४७ प्रतिशत ले घटेको छ । यस अवधिमा फन्डहरुले कुल ८ अर्ब ८२ करोड १२ लाख रुपैयाँ बैंकमा जम्मा गरेका छन् । अघिल्लो महिना ८ अर्ब ८६ करोड ३१ लाख रुपैयाँ बैंक मौज्दात थियो ।

जेठ मसान्तसम्म आइपुग्दा सबैभन्दा धेरै न्याभ सानिमा इक्विटी फन्डको देखिएको छ । यसको न्याभ ९४ पैसाले बढेर १२ रुपैयाँ ८० पैसा पुगेको छ । वैशाखमा न्याभ ११ रुपैयाँ ८६ पैसा थियो । यस अवधिसम्म आइपुग्दा सबै फन्डहरुको न्याभ वृद्धि भएको छ ।

जार बढेको प्रभाव यिनीहरुको न्याभमा पनि देखिएको हो । सबैभन्दा कम न्याभ मेगा म्युचुअल फन्ड–१ को छ । यसको न्याभ जम्मा ८ रुपैयाँ ६३ पैसा रहेको छ । जम्मा ११ वटा फन्डलहरुको न्याभ १० रुपैयाँ भन्दा कम छ । बाँकी सबैको सो भन्दा धेरै देखिएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com