२०८१ जेष्ठ ८ - Tue May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ८
Tue May, 2024

 देशको अर्थतन्त्र विस्तारै लयमा फर्किदै छ : अर्थमन्त्री महत

काठमाडौं । देशको अर्थतन्त्र सुधारोन्मुख रहेको अर्थमन्त्री डा. प्रकाशशरण महतलेजानकारी दिएका छन् । आज चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले देशको अर्थतन्त्र सुधारोन्मुख रहेको बताएका हुन् ।

“नेपालमा आउने विदेशी पर्यटकको संख्या र विप्रेषण आप्रवाह (रेमिट्यान्स) बढेको छ । अर्थतन्त्र विस्तारै लयमा फर्कन्छ । समग्रमा विदेशी रेमिट्यान्स ३० प्रतिशतले बढेको छ । पर्यटकको चाप बढ्दा पर्यटन व्यवसायी उत्साहित भएका छन् ,” उनले भने”अर्थतन्त्रमा सुधार आउन अझै केही समय लाग्छ ।”

जग्गामा, सेयरबजार र क्रिप्टोमा भित्री रूपमा गएको कर्जाको प्रतिफल आउन ढिला भएकोले अर्थतन्त्रमा केही समस्या देखिएको उनको भनाइ छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com