प्रि–ओपन सेसनः १.५१ अंकले बढ्यो नेप्से सूचक

काठमाडौ, २४ जेठ । प्रि–ओपन सेसनमा नेप्से सूचक १.५१ अंकले बढेको छ । यससँगै सूचक १९२९.२६ विन्दुमा आएको छ । ५८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
कुल ११ कम्पनीको २०८ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा ६ कम्पनीको भाउ बढ्दा ४ वटाको भने मूल्य घटेको छ । एउटाको भाउमा कुनै परिवर्तन भएको छैन ।