२०८१ जेष्ठ ३ - Thu May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ३
Thu May, 2024

त्रिकोणात्मक श्रृंखलाः हङकङलाई हराउँदै नेपाल फाइनलमा प्रवेश

काठमाडौ‌, ४ कार्तिक । हङकङमाथि ७९ रनको सहज जित हात पार्दै नेपाल यूएईसँग खेल्नु अघि नै त्रिकोणात्मक श्रृंखलाको फाइनलमा पुगेको छ । कुशल मल्ल र दीपेन्द्र सिंहको कीर्तिमानी साझेदारीसँगै शनिबार मुलपानी क्रिकेट मैदानमा नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो ।उसका लागि अंशुमन रथले सर्वाधिक ४५ रन बनाए ।

नेपालका करण केसी, सोमपाल कामी र ललित राजवंशीले समान २÷२ विकेट लिए भने दीपेद्र सिंह ऐरी र प्रतिश जिसीले एक एक विकेट लिए ।यसअघि टस जितेर व्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनाएको थियो ।

कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले कीर्तिमानी १४५ रनको साझेदारी गरे ।टी–२० आईमा पाँचौ विकेटका लागि यो नै उच्च साझेदारी हो । यसअघि जिल्याण्डका मार्क च्यापम्यान र जिमी निसमले पाकिस्तानविरुद्ध पाँचौ विकेटका लागि अविजित १२१ रनको साझेदारी गरेका थिए ।

कीर्तिमानी साझेदारी गर्ने क्रममा ३० बलमा ५० रन पूरा गरेका ऐरी १९औं ओभरको अन्तिम बलमा ५७ रनमा आउट भए । ३४ बलको सामना गरेका उनले दुई छक्का र ६ चौका हानेका थिए । मल्ल भने ८ रनले शतक बनाउन चुके । शतकका लागि उनलाई ८ रन चाहिएको थियो र २ बल बाँकी पनि थियो । तर बाउन्ड्री हान्ने प्रयासमा मा उनी आउट भए । ४१ बलको सामना गरेका उनले ९ वटा छक्का र तीन चौकाको मद्दतमा ९२ रन बनाए ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com