२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

सिटिजन लाइफ इन्स्योरेन्सले गर्यो नयाँ बोनसदर सार्वजनिक

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९–८० को जीवन बीमा कोष र बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदनका आधारमा नायाँ बोनसदर सार्वजनिक गरेको हो ।

कम्पनीले सार्वजनिक गरे अनुसार सबैभन्दा धेरै बोनसदर ७७ रुपैयाँ रहेको छ भने सबैभन्दा कम २५ रुपैयाँ रहेको छ । कम्पनीले सावधिक तथा आजीवन बीमालेख अन्तर्गत ३० वर्षभन्दा बढी अवधिका लागि बीमा गरेका बीमितलाई ७७ रुपैयाँ बोनस दिने घोषणा गरेको हो । जस अन्तर्गत सो पोलिसिको उक्त अवधिका लागि ६२ वटा पोलिसि कम्पनीले विक्री गरेको छ ।

त्यसैगरी, सिटिजन शुभारम्भ योजना अन्तर्गत ३० वर्षभन्दा बढी अवधिकालागि पोलिसि खरिद गर्ने बीमितले ७५ रुपैयाँ बोनस पाउने कम्पनीले उल्लेख गरेको छ । कम्पनीले जारी गरेको बोनसदर सिट अनुसार उक्त अवधिकालागि सो पोलिसि १६१ जनाले खरिद गरेका छन् ।

यस्तै, सावधिक जीवन बीमालेख अन्तर्गत ३० वर्षभन्दा बढी अवधिकालागि पोलिसि खरिद गर्ने बीमितले ७३ रुपैयाँ, सिटिजन बाल भविष्य योजना बीमालेख अन्तर्गत २५ देखि २९ वर्ष अवधिकालागि पोलिसि खरिद गर्ने बीमिलते ६७ र सिटिजन शुभराम्भ योजना अन्तर्गत २५ देखि २९ वर्षका लागि पोलिसि खरिद गर्ने बीमितले ६५ रुपैयाँ बोनस पाउने कम्पनीले सार्वजनिक गरेको बोनसदर तालिकामा उल्लेख छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com