२०८१ बैशाख २६ - Wed May, 2024 -

Biz Suchana

२०८१ बैशाख २६
Wed May, 2024

दोलखामा पहिरो जाँदा एक जनाको मृत्यु, महोत्तरीमा बाढीले बगाउँदा एक बेपत्ता

काठमाडौ, २४ साउन ।दोलखामा पहिरो जाँदा पुरिएर बिगु गाउँपालिका– २ का १४ वर्षीय तिरिश तामाङको मृत्यु भएको छ । माछा मार्न जाने क्रममा बाटोमा खसेको पहिरोमा पुरिएर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ । प्रहरीका अनुसार उनी माछा मार्न तामाकोसी नदीतर्फ जाँदै गरेका थिए । उनीसँगै गएका अरु तीन जनाले भने भागेर ज्यान बचाएका छन् ।

त्यसैगरी, महोत्तरीमा खोलाले बगाउँदा एकजना बेपत्ता भएका छन् ।सोनमा गाउँपालिकाको मरहा खोलाले मङ्गलबार साँझ बगाउँदा ३८ वर्षीय जाबिर अन्सारी बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एबम प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीका अनुसार मरहा खोला तर्ने क्रममा जाबिरलाई बाढीले बगाएको थियो । उनी खोलामा बेपत्ता भए पछि अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले उनको खोजी गरिरहेका छन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com