२०८१ बैशाख २८ - Fri May, 2024 -

Biz Suchana

२०८१ बैशाख २८
Fri May, 2024

नेप्से सूचक ५.०५ विन्दुले घटेर १९९३.४२ अंकमा

 

काठमाडौ, १२ भदौ । नेप्से सूचक आज ५.०५ विन्दुले घटेर १९९३.४२ अंकमा अडिएको छ । २ वटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा ८६ करोड ५१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सूचीकृत ४ समूह मात्र सकारात्मक बनेका छन् । समग्रमा सेयर बजारमा साइडवेजमा गएको छ ।

केही दिनयता बजार सूचक निकै सुस्त छ । दैनिक खरिदबिक्री रकम पनि न्यून भएको छ । बजार २ हजार विन्दुभन्दा थोरै तल आएर अड्किएको छ । १९ सय ९० भन्दा तल पनि नजाने अनि २ हजार अंक पार गरेर माथि जान पनि नसक्ने अवस्थामा बजार रहेको छ ।

यस दिन २७८ कम्पनीको ४० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३ करोड ६२ लाख रुपैयाँसहित कारोबार रकममा माछापुच्छे बैंक अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः आइएमई लाइफ इन्सुरेन्स र नेपाल टेलिकम परेका छन् ।

 

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com