२०८१ जेष्ठ ७ - Mon May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ७
Mon May, 2024

महिला हिंसाविरुद्ध सचेतना कार्यक्रम, जोन्टा क्लब अफ काठमाण्डौंको सहभागिता

काठमाडौं । लैंगिक हिंसा विरुद्धको १६ दिने कार्यक्रम अन्तर्गत महिला हिंसाविरुद्ध सचेतना कार्यक्रममा जोन्टा क्लब अफ काठमाण्डौंले सहभागिता जनाएको छ । उक्त कार्यक्रम राष्ट्रिय सभागृहमा काठमाण्डौं महानगरपालिका सामाजिक विकास विभागद्धारा आयोजना गरिएको हो । उक्त कार्यक्रममा माईती नेपाल, अपरच्यूनिटि भिलेज नेपाल, शक्ति नेपाल लगायत अन्य धेरै संघ–संस्थाको उपस्थिति रहेको थियो ।

जोन्टा क्लब अफ काठमाण्डौंकी अध्यक्ष आभा शाहले जोन्टा क्लबका बारेमा जानकारी गराउँदै “जोन्टा क्लबले नेपालमा लामो समयदेखि महिला हक हितका क्षेत्रमा आवाज उठाउँदै आएको र आवाज विहिनहरुको आवाज बनेको” बताइन् । उक्त कार्यक्रममा महिलाले भोग्नुपरेका विभिन्न समस्याहरु, महिला सम्बन्धी कानुनी अधिकार र जोन्टा क्लब अफ काठमाण्डौंले लामो समयदेखि गरिरहेको क्रियाकलापहरुका बारेमा छलफल गरिएको थियो ।

सन् २०१२ मा काठमाडौंमा जोन्टा इन्टरनेशनलको भातृ संगठनको रुपमा स्थापना भएको जोन्टा क्लब अफ काठमाडौंले सेवा र वकालत मार्फत स्थानीय र राष्ट्रिय स्तरमा युवा र महिलाविरुद्ध हिंसा अन्त्य गर्नको लागि उनीहरुको आर्थिक, शैक्षिक र अन्य सम्बन्धित मुद्दाहरूमा काम गरिरहेको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com