२०८१ जेष्ठ ३ - Thu May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ३
Thu May, 2024

श्रमिकलाई विमानस्थलबाट फर्काएपछि अध्यागमन विभाग अगाडि प्रदर्शन

काठमाडौं, ३१ असार । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा हिँडेका श्रमिकलाई विमानस्थलबाट फर्काएको भन्दै अध्यागमन विभाग अगाडि प्रदर्शन गरिएको छ । वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि हिँडेकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले फर्काएको भन्दै आइतबार विभाग अगाडि विरोधमा प्रदर्शन गरिएको हो ।

कालिकास्थनस्थित अध्यागमन विभाग अगाडि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विरोध प्रदर्शन गरेको हो । कानुनसम्मत श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा कुवेत, जोर्डन लगायतका विभिन्न देशहरूमा जान लागेका श्रमिकहरुलाई विमानस्थलमा रहेको अध्यागमन कार्यालयले केही दिनदेखि बिनाकारण फर्काइरहेको भन्दै संघले विरोध प्रदर्शन गरेको हो ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com