२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

आज भक्तपुरमा कोरा साइकलिग च्यालेन्ज हुँने

काठमाडौं, ३० असार । साइकल कनेक्ट भक्तपुरको अभियान यस पटक पनि हुने भएको छ ।नेपाल इको प्यानलको सहयोगमा साइकल कनेक्ट भक्तपुरले शनिबार गर्न लागेको तेश्रो कोरा भक्तपुर साइकलिङ च्यालेन्ज हुन लागेको हो ।

सामाजिक उतरदायित्व अन्तर्गत अभियानलाई सहयोग गर्दै आएको नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर कृष्णभक्त दुवालले बताए । राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा भक्तपुरलाई एक उदाहरणीय साइकलिङ गन्तव्यको रूपमा स्थापित गर्दै जाने साइकल कनेक्ट भक्तपुरको मुख्य उदेश्यलाई सहयोग गर्दै आएको इन्जिनियर दुवालले जानकारी गराए ।

अभियान अन्तर्गत शनिबार “भक्तपुर कोरा २०२३” को आयोजना हुने भएको हो । भक्तपुर जिल्लाको परिक्रमा गर्दै ५०, ७५ र १०० किलोमिटरको तीनवटा रूटमा साइकल यात्रीहरूले कोरा गर्ने जनाइएको छ । साइकल रुट विहान ६ बजे भक्तपुर दरबार स्वायरबाट सुरु हुने छ । त्यहाँंबाट बालाखु गणेश– त्रिपुरासुन्दरी– चोंछे– भोलाछें – महालक्ष्मी– थालाछें– सलागणेश– दत्तात्रय– गोल्मढी– तःमारी– भार्वचोसम्म पुरानो भक्तपुर नगरको परिक्रमा गरेपच्चात सिद्धपोखरी– चोंगा गणेश– नयाँ थिमि– बालकुमारी– बहाखा बजार– बोडे–निलबाराही– बेशीगाँउ– दधिकोट – चाङगुनारायण – त्रिशुल डाँडा– तेलकोट – नगरकोट – ल्हासापाके महामञ्जुश्री – खावा– नाला गुम्बा – भंगाल – लटलम्बेश्वर – सांगा – खाल्चोक – आशापुरी– रानीकोट – गुण्डु– गाम्चा– बालकोट– लोकन्थली– कौशलटार– सानोथिमि हुदै पुनः भक्तपुर दरबार स्वायर खौमाको ख्वप छेंमा आएर यात्रा सकिने छ ।

साइकल यात्रीहरूको लागि नेपाल इन्जिनियरिङ कलेज क्यान्टिनमा ब्रेकफास्ट तथा ५० किलोमिटर यात्रा गर्नेहरूको लागि हेभन हिल रिसोर्ट तेलकोट र ७५-१०० किलोमिटरलाई फन्की हिल रिसोर्ट नगरकोटमा खानाको व्यवस्था गरिएको छ ।

विभिन्न क्लब तथा स्थानीय समूहको सहकार्यमा भक्तपुर दरबार स्वायर, बालकुमारी, निलबाराही, चांगुनारायण, तेलकोट, शान्तिडांडा, नगरकोट, बोजिनी, चरेली, खावा, सांगा, खाल्चोक, रानीकोट, घ्याम्पेडाँडालगायतको स्थानमा वाटर पोइन्टको व्यवस्था गरिने जनाइएको छ ।

साथै जुजु बाइक्सको प्राविधिक सहयोगमा विभिन्न स्थलमा साइकल सर्भिस क्याम्प राखिने छ । सफलतापूर्वक च्यालेन्ज सकाउने सहभागीहरूलाई मेडलले सम्मान गरिने छ । साइकल च्यालेन्ज पश्चात नाम दर्ताको दौरान सहभागीहरूले टर्की तथा सिरियाको भूकम्प पीडितको सहयोगार्थ उठाएर जम्मा गरेको रकम कोरा काठमाडौंका मुख्य आयोजक मार्फत हस्तान्तरण गरिने छ । कार्यक्रमका लागि फन्की हिल रिसोर्ट नगरकोटलगायतले पनि सहयोग गर्ने आयोजकले जनाएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com