२०८१ बैशाख २७ - Thu May, 2024 -

Biz Suchana

२०८१ बैशाख २७
Thu May, 2024

भारत चौथों पटक क्रिकेट विश्वकपको फाइनलमा पुग्यो

काठमाडौं ।भारत चौथो पटक क्रिकेट विश्वकपको फाइनलमा पुगेको छ ।बुधबार राती सम्पन्न पहिलो सेमिफाइनलमा भारतले न्यूजील्याण्डलाई ७० रनले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको हो ।

भारतले दिएको ३९८ रनको लक्ष्य पछाएको न्यूजील्याण्डले ४८.५ ओभरमा अल आउट हुदै ३२७ रन बनाएको थियो । न्यूजील्याण्डलाई अल आउट गर्ने क्रममा भारतका बलर मोहमद शामीले ७ विकेट लिएका थिए ।यसअघि टस जितेर पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा ४ विकेट गुमाउदै ३९७ रन बनाएको थियो ।

योसँगै यसअघि दुई पटक १९८३ र २०११ मा विश्वकप जितेको भारत चौथो पटक विश्वकपको फाइनलमा पुगेको हो । यसअघि २००३ मा भारत उपविजेता बनेको थियो ।अब दोस्रो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र अस्ट्रेलियाबीच खेल हुने छ । यो खेलको विजेताले फाइनलमा भरतसँग आइतबार उपाधिका लागि खेल्ने छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com