२०८१ बैशाख २९ - Sat May, 2024 -

Biz Suchana

२०८१ बैशाख २९
Sat May, 2024

३२ वर्षीया श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

काठमाडौं, २० असार । आफ्नै श्रीमतीको ३२ वर्षीया किरण कुमारी चौधरीको हत्या गरेको अभियोगमा सम्भुनाथ नगरपालिका–५ मोहनपुर बस्ने ईनरदेव चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

खाना खाई आफ्नो कोठामा सुतेकी किरण कुमारी बेहोस अवस्थामा फेला परेको र तत्काल उपचारको लागि कठौनास्थित कृष्ण अस्पतालमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनसाथ प्रहरी चौकी कठौना र ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले ईनरदेवलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनको संलग्नता रहेको खुल्न आएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com