२०८० मंसिर २० - Wed Dec, 2023 -

Biz Suchana

२०८० मंसिर २०
Wed Dec, 2023

४.६८ अंकले बढ्यो सेयर बजार

काठमाडौ, २४ जेठ । सेयर बजार आज ४. ६८ अंकले बढेको छ । नेप्से सूचक आज ४.६८ अंकले बढेर १९३२.३३ विन्दुमा आएको हो । एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा २ अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । पछिल्ला दिनहरुमा दैनिक सेयर खरिदबिक्री रकम (टर्नओभर) पनि वृद्धि हुन थालेको छ । सामान्ययतयः नेप्से सूचक सकारात्मक बन्न थालेपछि खरिदबिक्री रकममा पनि वृद्धि हुने गरेको पाइन्छ ।

यस दिन २६१ कम्पनीको ६५ लाख ४१ हजारभन्दा बढी कित्ता सेयर किनबेच हुँदा २ अर्ब ३६ करोड ८८ लाख १५ हजार ६३५ रुपैयाँको कारोबार भएको छ । १० करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सोल्टी होटल अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र नागरिक लगानी कोष परेका छन् ।

 

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com