२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

काठमाडौं महानगरपालिकाद्वारा छात्रवृत्तिका लागि निवेदन आह्वान

काठमाडौ, २८ असार । कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि काठमाडौं महानगरपालिकाले आवेदन माग गरेको छ । महानगरले आज एक सूचना प्रकाशित गर्दै छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि अनलाइन निवेदन आह्वान गरेको हो ।

कक्षा ११ अध्यापन हुने संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८०÷०८१ का लागि छात्रवृत्तिमा विद्यार्थी छनोटका लागि उसले आज बिहान १० बजे देखि साउन १२ गते राति ११:५९ बजेसम्म महानगरको वेबसाइट वा ntrance.kathmandu.gov.np मार्फत अनलाइन आवेदन फाराम पेस गर्न सकिने जनाएको छ । परीक्षा साउन २० गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म हुने पनि सूचनामा उल्लेख छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com