२०८१ बैशाख २७ - Thu May, 2024 -

Biz Suchana

२०८१ बैशाख २७
Thu May, 2024

मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगीगर्ने पक्राउ

काठमाडौं, ६ असोज । उपत्यका अपराध अनुसन्धान कार्यालयले मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। प्रहरीले डोटीको शिखर नगरपालिका–२ स्थायी घर भई काठमाडौं महानगरपालिका–३० सेतोपुल बस्ने ३२ वर्षीय धनबहादुर बोगटीलाई पक्राउ गरेको हो।

आरोपी धनबहादुरले कृष्णबहादुर बोगटीलाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिन्छु भनी ३ लाख रुपैयाँ ठगेको आरोप छ।मलेसिया जान ३ लाख रुपैयाँ लाग्ने र मलेसिया पुगेपछि प्याकिङमा काम गरेर मासिक ६० हजार रुपैयाँभन्दा धेरै तलब हुने भनी विश्वास दिलाई प्रलोभनमा पारी ठगी गरिएको पीडितको गुनासो छ।

आरोपी धनबहादुरले रकम लिई सम्पर्कविहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा उनलाई सेतोपुललबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com