२०८० मंसिर १२ - Tue Nov, 2023 -

Biz Suchana

२०८० मंसिर १२
Tue Nov, 2023

गायक सुजन शिवाकोटीको ‘भुक्के चप्पल’ मा सुरवीर, शारदा र नविनाको अभिनय

काठमाडौँ, २० जेठ।  गायक सुजन शिवाकोटीको स्वर सजिएको भुक्के चप्पल बोलको गीतको भिडियो रिलिज गरिएको छ । जसमा गायक शिवाकोटीकै शब्द तथा संगीत रहेको छ । सार्वजनिक गीतमा निरज खतिवडाको एरेन्ज, विषम आचार्यको मिक्सिङ तथा मास्टरिङ रहेको गीतमा गायक शिवाकोटीसहित लोकप्रिय कलाकारहरु सुरवीर पण्डित, शारदा गिरी र नविना शिलवाल (खुईली) को अभिनय छ ।

भुक्के चप्पल गाउँले परिवेशको कथामा बनेको भिडियो हो । जसले प्रेम, कमेडी, लगायतका विषयवस्तुलाई समेटेको छ । भिडियोको छायांकन बुद्ध थापाले गरेका हुन् भने भिडियोको सम्पादन लोकप्रिय सम्पादक मिन रावलले गरेका हुन् । जसको कलरिङ पनि रावल स्वयमको रहेको छ । भिडियोको निर्देशन लेखराज तामाङले गरेका हुन् भने सह निर्देशन विकाश नेपालले गरेका हुन् ।

सामाजिक क्षेत्रमा काम गर्न रुचाउने गायक शिवाकोटी युवा व्यवसायी पनि हुन् । गायक शिवाकोटीले यसअघि हाम्रो जंगल नामक फिल्म, परिबन्ध, कान्छा २ , लगायतका सर्ट मूभी र म त परेँ नामक म्यूजिक भिडियोमा अभिनय गरेका छन् ।

भिडियाे लिंक : https://youtu.be/ng0RBbnipI4

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com