२०८१ जेष्ठ २ - Wed May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ २
Wed May, 2024

उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे प्रधानमन्त्री दाहाल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गंगालाल अस्पतालमा उपचाररत उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठलाइ भेटन पुगेका छन् ।हिजो राती गृहमन्त्री श्रेष्ठले छातीमा असहज महसुस गरे पछि नियमित स्वास्थ्य परिक्षणको क्रममा गंगालाल हृदयरोग केन्द्रमा उपचारका लागि भर्ना भएका थिए । यसरी भर्ना भएका श्रेष्ठलाइ भेटन प्रधानमन्त्री अस्पताल पुगेका हुन् ।

गृह मन्त्री श्रेष्ठका स्वकिय सचिव बिजय गौतमका अनुसार उनको स्वास्थ्य स्थीति सामान्य र स्थीर रहेको छ । उनका अनुसार मङ्सिर १९ गते बेलुकी Angiogram गरी देब्रे नसा (left Anterior Descending Coronary Artery) को Angioplasty सम्पन्न गरिएको छ।

यसअघि करिब ७ हप्ता अघि चिन भ्रमणको क्रममा उहॉंको left circumflex artery मा Angioplasty गरिएको थियो । सघन कक्षमा उपचाररत उहॉंको स्वास्थ्य अवस्था स्थिर रहेको गृह मन्त्रालयले जनाएकाे छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com