२०८१ जेष्ठ ६ - Sun May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ६
Sun May, 2024

मैले पुरस्कारको व्यवस्था गरेकाले १०० किलो सुन समातियो : अर्थमन्त्री महत

काठमाडौं, ८ साउन । अर्थमन्त्री डा. प्रकाशशरण महतले आफूले पुरस्कारको व्यवस्था गरेकाले १०० किलो सुन बरामद गर्न सकिएको दाबी गरेका छन् ।

सोमबार बुटवलमा प्रेस युनियन रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले सूचना दिनेलाई पुरस्कार दिने व्यवस्थाकै कारण १०० किलो सुन समातिएको दाबी गरेका हुन् ।

यसअघि हटाइएको सुराकी पुरस्कार आफूले बजेट मार्फत पुनः निरन्तरता दिँदा उक्त सुन समातिएको उनको भनाइ छ ।सुन तस्करी प्रकरणको जरैसम्म पुगेर अनुसन्धान गरिने र उक्त अनुसन्धानमा आफूले सघाउने बताएका उनले दोषी जोसुकैलाई कारबाही गरिने बताए ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com