२०८१ बैशाख १० - Mon Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख १०
Mon Apr, 2024

आईपीओ निष्कासन गर्दै श्रीनगर एग्रिटेक इण्डष्ट्रिज लिमिटेड

काठमाडौ, १३ भदौ । श्रीनगर एग्रिटेक इण्डष्ट्रिज लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० को १३ करोड रुपैयाँ बराबरको १३ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीको आईपीओ विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको बताइएको छ । शेयर निष्कासन सम्बन्धी सम्झौतामा एग्रीटेकका प्रबन्ध निर्देशक सतिशचन्द श्रेष्ठ र निष्कासन तथा विक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले हस्ताक्षर गरेका छन् ।

एग्रीटेकले ह्याचरी तथा ब्रिडरबाट कुखुराको चल्ला र दाना उत्पादन गर्दै आएको छ । कम्पनीले व्यापार विस्तारको क्रममा बुटवलमा वधशालाको स्थापना गर्ने योजना बनाएको बताएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com