२०८१ बैशाख ३१ - Mon May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३१
Mon May, 2024

सानिमा जीआईसी इन्स्योरेन्सको पाँचौं वार्षिक साधारणसभा बस्दै

काठमाडौ, २४ जेठ । सानिमा जीआईसी इन्स्योरेन्सको पाँचौं वार्षिक साधारणसभा ३२ जेठमा बस्ने भएको छ । सभा अमृतभोक कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभामा संस्थापक सेयरधनीको तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा छ ।

आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन माथि पनि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७९–८० को लागि लेखापरिक्षक नियुक्त गर्ने प्रस्ताव पनि छ । कम्पनीले यसपटक पनि सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । यसर्थ, यो पटक कम्पनीका सेयरधनीको हात खाली हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले १२ जेठमा बुक क्लोज गरिसकेको छ ।

११ जेठसम्म कायम सेरधनीहरु सभामा भाग लिन योग्य हुनेछन् । गत वर्षको कात्तिक ७ गतेबाट सानिमा जनरल र जनरल इन्स्योरेन्स एक आपसमा मर्ज भएर सानिमा जीआईसी इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु भएको थियो ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com