यस्तो छ आजको सुनचाँदीको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज(शुक्रबार)का लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ । सार्वजनिक मूल्य अनुसार आज छापावाल सुन ८०० रुपैयाँले बढेर तोला १ लाख ९ हजार ८०० रुपैयाँ कायम भएको छ।
त्यस्तै, महासंघका अनुसार तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँमा र चाँदीको मूल्य भने स्थिर रहेको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा किनबेच भएकोमा शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।
महासङ्घले अन्तराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको मूल्यका आधारमा दैनिक कारोबार मूल्य तोक्दैआएको छ।