२०८१ बैशाख २३ - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख २३
Sun May, 2024

नेप्सेमा यी ६ कम्पनीको बोनश शेयर सूचिकृत

नेप्सेमा गरिमा विकास बैंक, अरुण भ्याली, नेपाल पुनर्बीमा कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स, डिप्रोक्स लघुवित्त, निर्धन उत्थान लघुवित्तको बोनश शेयर सुचिकृत भएको छ । यी कम्पनीले आफ्नो वार्षिक साधारण सभाबाट पारित गराएका बोनश शेयर हिजो नेप्सेमा सूचिकृत गराएका हुन् ।

नेप्सेमा डिप्रोक्स लघुवित्तको १० प्रतिशतले हुन आउने १३ लाख ८७ हजार ४ सय ९८ दशमलव ३३२८ कित्ता बोनश शेयर सुचिकृत भएको छ। त्यस्तै, निर्धन उत्थान लघुवित्तको १९ प्रतिशतले हुन आउने ४१ लाख ७० हजार ५ सय ४७ दशमलव ५ कित्ता बोनश शेयर सुचिकृत भएको छ।

प्रुडेन्सियल इन्स्योरेन्सको ३.३२५ प्रतिशतले हुन आउने ३ लाख ९४ हजार ३ सय ९२ कित्ता, गरिमा विकास बैंकको ५९ लाख ६८ हजार १३५.५५ कित्ता बोनश शेयर र नेपाल पुनर्बीमा कम्पनीको ५ प्रतिशतले हुन आउने ५८ लाख २५ हजार कित्ता बोनश शेयर सुचिकृत भएको हो ।

त्यसैगरी, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १३ लाख ८३ हजार ६७६ कित्ता बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरेको ८ प्रतिशत बोनश शेयर नेप्सेमा सूचिकृत भएको हो ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com