२०८१ बैशाख १० - Mon Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख १०
Mon Apr, 2024

जीवन विकास लघुवित्तको लाभांश दोस्रो पटक घट्यो

नेपाल राष्ट्र बैंकको निर्देशन पछि जीवन विकास लघुवित्तले लाभांश दोस्रो पटक घटाएको छ । राष्ट्र बैंकको निर्देशन पछि लघुवित्तले १५ प्रतिशत मात्रै लाभांश वितरण गर्ने भएको हो ।

लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १४.२८५ प्रतिशत बोनस सेयर र ०.७१४१ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यसअघि लघुवित्तले २८ प्रतिशत बोनस सेयर र ९.३६८४ प्रतिशत नगद गरी कूल ३७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

राष्ट्र बैंकको निर्देशन पछि लघुवित्तले २६ प्रतिशत बोनस सेयर र ७.१५ प्रतिशत नगद गरी कूल ३३.१५ प्रतिशत लाभांश वितरण गरेको थियो ।पुनः राष्ट्र बैंकको निर्देशन भन्दै १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न चैत्र ३० गते मोरङको कटहरी स्थित केन्द्रीय कार्यालयमा वार्षिक साधारणसभा बोलाएको छ ।

लाभांश तथा साधारणसभा प्रयोजनार्थ लघुवित्तले चैत १७ गतेदेखि चैत ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले चैत १६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले सभामा भाग लिई लाभांश प्राप्त गर्न सक्नेछन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com