२०८१ बैशाख २६ - Wed May, 2024 -

Biz Suchana

२०८१ बैशाख २६
Wed May, 2024

सामसङको ग्यालेक्सी एस २३ एफ इ मासिक किस्तामा पाइने

काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी एस सिरिजको नयाँ मोडल ग्यालेक्सी एस२३ एफ इलाई स्वागत गरेको छ । सामसङ नेपालले ग्यालेक्सी एस सिरिजको नयाँ मोडल ‘ग्यालेक्सी एस २३ एफ इ’ नेपाल भित्र्याएको हो । ‘एस २३ एफ इ’ सर्वश्रेष्ठ विशेषताहरुका साथ पूर्ण रुपमा सुसज्जित छ र गेमिङ्गमा रुची राख्नेहरुका लागि यसले शक्तिशाली कार्य सम्पादन प्रस्तुत गर्नेछ ।

यस ‘ग्यालेक्सी एस२३ एफ इ’ मोबाइल यही २० नोभेम्बरदेखि नेपालभर सामसङको आधिकारिक स्टोरहरुबाट खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ । ग्यालेक्सी एस२३ एफ इमा भएको नयाँ फ्लोटिङ क्यामरा र अझै स्लीकर डिस्प्लेको लागि सर्वश्रेष्ठ फिनिसका साथ एस सिरिजको डिजाइन छ । यसमा १२० हर्ज अनुकूल रिफ्रेस दरका साथ चम्किलो, अत्यन्त सरस ६.४ इन्चको भव्य एमोलेड २एक्स डिस्प्ले रहेको छ ।

‘ग्यालेक्सी एस२३ एफ इ’ मा प्रो–ग्रेड क्यामराको विशेषताहरु छन्, जसले असाधारण व्यापकताका साथ भिडियोहरु र फोटोहरु खिच्दछ । जुन आजसम्म कै सबैभन्दा ठूलो क्यामरा हो । यसको पछाडी प्रमुख ग्रेडको ५० एमपि (डब्लु) र १२ एमपि (युडब्लु) र ८ एमपि (ओआइएस) युक्त ३ गुणा ठूलो अप्टिकल जूम सहितको क्यामरा जडान गरिएको छ ।

‘ग्यालेक्सी एस२३ एफ इ’ प्रभावकारी ८ जिबि र्याम र २५६ जिबिको स्टोरेजमा उपलब्ध छ । मिन्ट र ग्रेफाइट रङ्गहरुमा पाइने ग्यालेक्सी एस २३ एफ इ चाँडै नै देशभरका आधिकारिक सामसङ स्टोरहरुमा उपलब्ध हुनेछ । यो मोबाइलको मुल्य ८५ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

‘ग्यालेक्सी एस२३ एफ इ’ शुन्य प्रतिशत ब्याजदरमा पनि उपलब्ध हुनेछ । ग्राहकहरुले सामसङ इन्स्टा फाइनान्सले दिएको सुविधाको लाभ उठाउँदै मासिक चार हजार तीन सय किस्ता तिरेर नयाँ ग्यालेक्सी एस२३ एफ इलाई आफ्नो बनाउन सकिनेछ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com