२०८१ जेष्ठ ६ - Sun May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ६
Sun May, 2024

संघीय संसदका दुई समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्र्तगतका दुई समितिको बैठक आज बिहान बस्ने भएको छ । राष्ट्रिय सभा अन्र्तगत, विधायन व्यवस्थापन समिति र प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठक बस्न लागेको हो ।

पूर्वाधार विकास समितिको बैठकमा निर्माणाधिन संघीय संसद भवनको स्थलगत निरीक्षण प्रतिवेदन प्रस्तुत गर्नाका साथै उपसमिति गठन गर्ने लगायतका विविध विषयमा छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ ।

यस्तै विधायन व्यवस्थापनको बैठकमा भने समितिले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथि छलफल गर्ने कार्यसूची रहेको छ । दुवै बैठक सिंहदरबारस्थित समितिको आ–आफ्नै सभाकक्षमा बस्दैछ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com