२०८१ जेष्ठ ८ - Tue May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ८
Tue May, 2024

डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियानका विजेता थापालाई पुरस्कार प्रदान

काठमाडौं । ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत बैतडीका प्रताप सिंह थापाले जितेको पुरस्कार रकम हस्तान्तरण गरिएको छ । स्थानीय डिलरदाई ध्वजबहादुर थलालको समन्वयमा देहीमाडौं, बैतडीमा एक कार्यक्रमबीच थापालाई दशरथचन्द नगरपालिका बैतडीका मेयर पुष्कर राज जोशी, डिश मिडिया नेटवर्कको तर्फबाट सिनियर सेल्स अफिसर कमल रिमाल र लक्ष्मीराज जाशीले नगद रु एक लाख हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा नगर प्रमुखका साथै दशरथचन्द नगरपालिका वडा नं. २ का अध्यक्ष सुर्यबहादुर थापा, सदस्य रजबहादुर बोहरा, वडा नं. ३ का अध्यक्ष अजबबहादुर पाण्डे, वडा नं. १ का अध्यक्ष बिष्णुदत्त भट्ट, योजना आयोग उपाध्यक्ष निर्मल पाण्डेय र स्थानीय प्रहरी चौकी प्रमुख चेतु खड्का लगायतका विभिन्न क्षेत्रमा व्यक्तिको उपस्थितिमा पुरस्कार रकम हस्तान्तरण गरिएको हो ।

डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको थियो । उत्साहजनक रुपमा यो योजनाको लाभ उठाई रिचार्ज तथा नयाँ कनेक्सन जडान गर्ने ग्राहकलाई हरेक हप्ता नगद एक लाख रुपैयाँ जित्ने र निकट भविष्यमा पनि कम्पनीले यस्तै खालका विभिन्न योजनाहरु ल्याउने जनाएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com