२०८१ बैशाख १ - Sat Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख १
Sat Apr, 2024

तलब खुवाउन नसकेर बन्द भएको गुण एयरलाइन्स: जेट हटाएर ठुला बिमान ल्याउछौ

नेपाल नागरिक उड्डयन प्राधिकरणले गुण एयरलाइन्सलाई आफ्ना सात वटा जहाजका पाइलट र कर्मचारीलाई तलब सुबिधा खुवाउन नसकेको भन्दै सोमबारदेखि उडान रोक्न पत्र पठायो। तर गुण एयरलाइन्सले जेट स्ट्रीम जहाज हटाएर ठूला जहाज ल्याउने तयारी गरेको छ।

कम्पनीका प्रवक्ता प्रज्वल थापाले सन् २०२३ भित्र आफूसँग भएको पाँचवटा जेटस्ट्रीम जहाज फेज आउट गरेर ठूला जहाज खरिद गर्ने योजना रहेको बताएका छन्। भने आफूसँग भएका बाँकी दुईवटा बिचक्राफ्ट जहाज मर्मतसम्भार पुरा गरेर पुनः नियमित उडान गर्ने तयारी रहेको उनले जानकारी दिए।

“हामीले पाँचवटा जेटस्ट्रीम जहाज बिक्रीका लागि गृहकार्य गरिसकेका छौं। केही पाटी आएर जहाज निरीक्षण गरिसकेका छन्। नेगोसिएसन हुन बाँकी छ, हामीले यी जहाज दुई वर्षका लागि मात्र प्रयोग गर्ने योजना बनाएका थियौं” प्रबक्ता थापाले भने।

कम्पनीले एटीआर-७२ र बम्बार्डियर-४०० मध्ये तिन जहाज प्रयोग गर्ने र सन् २०२३ भित्र सुरुमा दुईवटा जहाज ल्याउने योजना रहेको उनले जानकारी दिए। सन् २००९ मा स्थापना भएको यो कम्पनी ‘गुण एयरलाइन्स’ सन् २०१३ देखि सिम्रिक एयरलाइन्सको नाममा सञ्चालन हुँदै आएको थियो।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com