२०८० मंसिर २३ - Sat Dec, 2023 -

Biz Suchana

२०८० मंसिर २३
Sat Dec, 2023

राष्ट्र बैंकले गर्‍यो ९ वाणिज्य बैंकलाइ कारवाही

नेपाल राष्ट्र बैंकको निर्देशन पालना नगर्ने ९ वटा वाणिज्य बैंक कारबाही गरेको छ । प्रभु बैंक, कुमारी, ग्लोबल आईएमी र प्राइम बैंकलाइ ५०-५० हजार जरिमानासहित बैंकका अध्यक्ष, सञ्चालक तथा सीईओलाई कारबाही गरेको हो।

बैंकहरुले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्देशनको उल्लंघन गरेको, उत्पादनशिल क्षेत्रका कर्जा नदिएको, विपन्न वर्ग क्षेत्र कर्जा नदिएको, ब्याजदर अन्तर र कर्जा श्रोत परिचलन अनुपात कायम नगरेको लगायतको बिषयमा नगदसहित कारबाही गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार प्रभु बैंक, बैंक अफ काठमाण्डू (हालको ग्लोबल आइएमई बैंक) र कुमारी बैंकलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्देशनको उंल्लघन गरेको भन्दै ५० लाख जरिवाना सहित कारवाही गरेको हो।

केन्द्रीय बैंकले माछापुच्छ्रे बैंकलाई जोखिम भारित सम्पत्ति गणना नगरेका कारण पुँजीकोष पर्याप्तताको यथार्थ विवरण पेश नगरेको भन्दै राष्ट्र बैंक ऐनको दफा १०० को उपदफा २ (क) अुनसार बैकको सीईओलाई सचेत गराएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com