२०८१ बैशाख २७ - Thu May, 2024 -

Biz Suchana

२०८१ बैशाख २७
Thu May, 2024

दशैं लगत्तैको कारोबारमा सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं, १० कार्तिक । दशैँ पछिको पहिलो कारोबार दिन सुनको भाउ तोलामा पाँच सय रुपैयाँ बढेर मूल्यको नयाँ रेकर्ड कायम भएको छ । दशैँ अघिको अन्तिम कारोबार दिन अर्थात कात्तिक ३ गते सुनको भाउ प्रतितोला एक लाख १५ हजार पाँच सय रुपैयाँ थियो ।

दशैँपछिको पहिलो कारोबार दिन आज एक लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको भाउ भने घटबढ भएको छैन । आज चाँदी तोलाको एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com