२०८१ बैशाख २७ - Thu May, 2024 -

Biz Suchana

२०८१ बैशाख २७
Thu May, 2024

परराष्ट्रमन्त्री थाइल्यान्ड जाँदै, विदेशमन्त्रीहरूको रिट्रिट बैठकमा सहभागि हुने

काठमाडौं, ३१ असार । परराष्ट्रमन्त्री एनपी साउद बिमस्टेक स्थापनाको २५ वर्ष पुगेको अवसरमा विदेशमन्त्रीहरूको रिट्रिट बैठकमा सहभागि हुन आज दिउँसो साढे १ बजे थाइल्यान्ड जाने भएका छन् । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को विदेशमन्त्रीहरूको ‘रिट्रिट’मा सहभागी हुन मन्त्री साउद थाइल्यान्ड जान लागेको उनको सचिवालयले जनाएको छ ।

बिम्स्टेक स्थापनाको २५ वर्ष पुगेको अवसरमा विदेशमन्त्रीहरूको रिट्रिट बैठक जुलाई १७मा बैंककमा हुँदैछ । साउद मंगलबार दिउँसो स्वदेश फर्कनेउनको सचिवालयद्वारा जारी कार्यतालिकामा उल्लेख गरिएको छ । बैठकमा बिम्स्टेकका सदस्य नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्यान्ड र म्यानमारका विदेशमन्त्री सहभागी हुनेछन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com