२०८१ बैशाख २८ - Fri May, 2024 -

Biz Suchana

२०८१ बैशाख २८
Fri May, 2024

मुगु हत्या प्रकरणः प्रहरीले हत्यारा पत्ता लगाउन सकेन, सिआइबीलाई जिम्मा

काठमाडौं । मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं ६ मन्दु गाउँमा वंश नै नाश हुनेगरी भएको सामूहिक हत्या प्रकरणको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले सुरु गरेको छ । सामूहिक हत्या भएको १० दिन बितिसक्दा पनि प्रहरीले हत्याको कारण र हत्याराबारे कुनै तथ्य, प्रमाण सार्वजनिक गर्न सकेको छैन ।

यसैबीच हत्याको थप अनुसन्धान गर्न शनिबादेखि सीआइबीले मुगु हत्या प्रकरणको बाँकी अनुसन्धान गर्न थालेको हो । कार्तिक ८ गते (यद्यपी ८ गते वा ९ गते राती हत्या भएको भन्ने यकिन विवरण प्रहरीले दिन सकेको छैन) तीन बालबालिका सहित परिवारकै सामुहिक हत्याको सूचना प्रहरीले १० गते बिहान ९ बजे मात्र पाएको थियो ।

त्यसयता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाको नेतृत्व सहित जुम्ला र कर्णाली प्रदेश प्रहरीको उच्च नेतृत्वले संयुक्त रुपमा अनुसन्धान गरेपनि ठोस प्रमाण पत्ता लगाउन सकेको छैन ।

सुरुबाटै घटनास्थल केन्द्रीत गरी अनुसन्धान थालेको र आवश्यक सोधपुछ जारी राखेपनि ठोस प्रमाण फेला नपरेकोले उक्त घटनाबारे सीआईबीले प्राविधिक अनुसन्धान कार्य हिजोबाट अघि बढाएको प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए ।

‘घटना भएदेखि मृतकहरूको दाहसंस्कार हुँदाका दिनसम्म प्रहरीले घटनाको नजिकबाट अनुसन्धान गरिरहेको छ । फिल्डमा गर्नुपर्ने अनुसन्धानको मेनुअल्ली सबै काम प्रहरीले गरिरहेको छ । सीआईबीले प्राविधिक अनुसन्धानको कार्य हिजोबाट अघि बढाएको छ,’ थापाले बताए ।

सीआईबी प्रहरी नायव उपरीक्षक धर्म भण्डारीको नेतृत्वमा मुगु घटनाको थप अनुसन्धान गर्न टोली खटाएको छ । यद्यपी टोलीमा सहभागी सदस्य संख्याबारे प्रहरीले विवरण दिएको छैन ।

घटनाको थप अनुसन्धानको जिम्मा सिआईबीले लिएपनि स्थलगत अनुसन्धान गरिरहेका प्रहरी टोली र सिआईबीले संयुक्त रुपमा सहकार्य गरी अघि बढ्ने र छिट्टै हत्यारा पत्ता लगाउने कर्णाली प्रदेश प्रहरी सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० गोपालचन्द्र भट्टराई जानकारी दिए ।

यस्तै मृतकका पति दीपक बोहोराले हत्यारा पत्ता नलगाई परिवारको दाहसंस्कार नगर्ने अडान छोडेर परिवारको दाहसंस्कार गरिसकेका छन् । उनले आफ्नी पत्नी, दुई छोरा र छोरीको १७ गते अन्तिम संस्कार गरेका हुन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com