२०८१ जेष्ठ ७ - Mon May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ७
Mon May, 2024

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

काठमाडौं, १५ असोज । काठमाडौं र झापाबाट जुवातास खेलिरहेको अवस्थामा नौजना पक्राउ परेका छन् । काठमाडौंको टोखा नगरपालिका–३ थापागाउँ पुलमा लङ्गुर बुर्जा (जुवा) खेलिरहेको अवस्थामा काठमाडौं फुटुङ बस्ने सुनसरी धरान उपमहानगरपालिका१७ घर भएका ३० वर्षीय रोशन राई समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार २ सय २० रूपैयाँ, ६ वटा गोटी र १ थान खेल्ने पालसहित पक्राउ गरेको हो ।

झापा, विर्तामोड नगरपालिका–५ बस्ने २५ वर्षीय धिरज अग्रवालको घर गोदाममा जुवातास खेलिरहेको अवस्थामा अग्रवाल समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३६ हजार रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com