२०८१ बैशाख १० - Mon Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख १०
Mon Apr, 2024

२०८० सालमा बैंकका कर्मचारीहरुलाई ३५ दिन बिदा

नेपाल राष्ट्र बैकले २०८० सालमा वैशाखदेखि चैतसम्मको लागि बैंक बिदा हुने सूची सार्वजनिक गरेको छ। सो सुची अनुसार २०८० सालमा बैंकका कर्मचारीहरुले ३५ दिन बिदा पाउने भएका हुन् ।

सार्वजनिक सूची अनुसार दशैँमा ६ दिन र तिहारमा ५ दिनसहित १५ दिन भने पूर्ण रुपमा बैंकिङ सेवा बन्द हुनेछ। त्यस्तै, नयाँ वर्ष र अन्तर्राष्ट्रिय मजदुर दिवसको दिन बैंक तथा वित्तीय संस्था पूर्ण रुपमा बन्द हुने राष्ट्र बैंकले जनाएको छ ।

२०८० सालमा ४५ दिन बैंकिङ सेवा आंशिक तथा पूर्ण रुपमा प्रभावित हुनेछ । जसमध्ये २० दिन भने बैंकहरुले नगद भुक्तानी ईसीसी, सार्वजनिक ऋण व्यवस्थापन लगायका आकस्मिक बैंकिङ सेवा बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म सञ्चालन गर्नेछन् ।

यस्तै इन्द्र जात्रा, भोटाे जात्रा, गाईजात्रा, घोडेजात्राको दिन काठमाडौं उपत्यकामा पूर्ण बिदा हुनेछ भने सीमित बैंकिङ कारोबारहरु फागु पूर्णिमामा पहाडी र हिमाली जिल्लामा हुने बिदाको भोलिपल्ट तराईका जिल्लामा बिदा हुनेछ । फागु पूर्णिमाका दिनमा भने सीमित बैंकिङ सेवा भने उपलब्ध हुनेछ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com