२०८१ बैशाख २६ - Wed May, 2024 -

Biz Suchana

२०८१ बैशाख २६
Wed May, 2024

सिनर्जी पावर डेभलपमेन्टको हकप्रद सेयर दाबी गर्ने अन्तिम दिन आज

काठमाडौ, ११ साउन । आज सिनर्जी पावर डेभलपमेन्टको ५० प्रतिशत हकप्रद सेयर दाबी गर्न सेयरधनी बन्ने अन्तिम दिन हो । आजसम्म कायम सेयरधनीले मात्र यस हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले हकप्रद सेयर जारी गर्न भने बाँकी छ । तर हकप्रद बिक्रीका लागि यसले शुक्रबार साउन १२ गते बुक क्लोज गर्ने भएको छ । यसअधारमा आज आजसम्म कायम रहने सेयरधनीले मात्र यस हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

सिनर्जी पावरलाई नेपाल धितोपत्र बोर्डले २ः१ अनुपातमा ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिइसकेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा हकप्रद बिक्री गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ ।

हाल यस कम्पनीको चुक्ता पुँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि सिनर्जीको चुक्ता पुँजी १ अर्ब २० करोड ९८ लाख ६२ हजार रुपैयाँ पुग्नेछ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com