२०८१ जेष्ठ ५ - Sat May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ५
Sat May, 2024

५.०९ विन्दुले बढ्यो नेप्से सूचक

काठमाडौ, ११ भदौ । सेयर बजार सोमबार पनि सुस्त देखिएको छ । नेप्से सूचक २ हजार विन्दुमुनि छ । यसदिन सूचक ५.०९ विन्दुले बढेर १९९८.४८ अंकमा आएको छ । ९८ करोड ८६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । समग्रमा हेर्दा बजार साइडवेजमा गएको छ ।

बजार घट्दै जाँदा लगानीकर्ताको मनोबल थप कमजोर भएको अवस्था छ । लगानीकर्ताको सक्रिय सहभागिता नहुँदा कारोबार रकम कम भएको छ । लाभांशको सिजनमा लगानीकर्ता निष्कृय बस्दा बजार १९ सयको तहमा झरेको हो ।

यस दिन २७९ कम्पनीको ३६ लाख ७० हजार कित्ता सेयर कारोबार भएको छ । कारोबार रकममा लक्ष्मी सनराइज बैंक अग्रस्थानमा आएको छ । यसको ७ करोड ३१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटेल र आइएमई लाइफ इन्सुरेन्स परेका छन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com